इलाम २ मा कांग्रेसका डम्बर खड्काद्वारा उम्मेदवारी दर्ता

इलाम २ मा कांग्रेसका डम्बर खड्काद्वारा उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
70
Shares

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेरउम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ को निर्वाचनमा खड्का नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिवंगत नेता नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । तर, नेम्वाङको निधन पछि रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले खड्कालाई नै दोहो-याएको हो ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई मनोनयन दर्ता गराइसकेका छन् ।

Logo