भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण -प्रथम उपराष्ट्रपति

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण -प्रथम उपराष्ट्रपति

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रथम उपराष्ट्रपति परमानन्द झाले समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोहमा प्रथम उपराष्ट्रपतिले विगतमा आफैले धेरै कार्यक्रममा भ्रष्ट व्यक्तिलाई समेत सम्मान गर्नुपरेको स्मरण गर्दै समाजमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्मान पाउने व्यक्ति छनोट गर्दा असाध्यै ध्यान दिनुपर्छ । समाजमा दुरनाम कमाएका भ्रष्ट कर्मचारी वा व्यक्तिहरुलाई पनि सम्मान गर्नु परेको थियो । मैले विश्वास लिएको छु । यस कार्यक्रममा ति कुराहरु भएको छैन् ।’

उनले सम्मान पाउने कुरा आफैमा राम्रो भएको भन्दै सम्मानले व्यक्तिलाई समाजमा योगदानको लागि जिम्मेवारी थप्ने बताए । उनले भने,‘सम्मान पाउनु असाध्यै राम्रो कुरा हो । यसले सम्मान पाउने व्यक्तित्वलाई समाजमा केही गर्ने अझै जिम्मेवारी थपेको हुन्छ । जिम्मेवारीबाट समाज देश र राष्ट्रलाई राम्रो गर्ने अठोट मिल्छ ।’

Logo