रास्वपाका मिलन लिम्बूले पनि दर्ता गरे उम्मेदवारी

रास्वपाका मिलन लिम्बूले पनि दर्ता गरे उम्मेदवारी

केन्द्रबिन्दु
84
Shares

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । लिम्बुले शनिबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

साे क्रममा रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोली सहभागी रहेकाे थियाे ।

रास्वपाले प्रारम्भिक निर्वाचन गर्दै पत्रकार मिलन लिम्बूलाई उम्मेदवार चयन गरेको हो । रास्वपामा प्रारम्भिक निर्वाचनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्रारम्भिक निर्वाचनका लागि ६ जनाको दरखास्त परेको थियो । तर, लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

Logo