कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा शपथग्रहण

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा शपथग्रहण

केन्द्रबिन्दु
140
Shares

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन् ।

सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन् । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन रहेको छ ।

यस्तै कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक एक प्रदेशसभा सदस्य रहेका छन् ।

Logo