कोशी: प्रदेश सभाको विशेष अधिवेशन आह्वान

कोशी: प्रदेश सभाको विशेष अधिवेशन आह्वान

केन्द्रबिन्दु
140
Shares

कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।

प्रदेशसभाको विशेष अधिवेशन आउँदो वैशाख ६ गतेका लागि आह्वान भएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार अधिवेशन आह्वान गरेका हुन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार प्रस्ताव दर्ता गराएका थिए।

बुधबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

Logo