सहिदहरुको सम्मान हुन सकेन -सभापति देउवा

सहिदहरुको सम्मान हुन सकेन -सभापति देउवा

केन्द्रबिन्दु
112
Shares

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन् ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज हाँ अनावरण गर्दै सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उहाँहरुको सबैले सम्मान गर्नुपर्ने बताएका हुन् ।

अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गर्दै सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।

Logo