गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो।

नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकिएको छ। मुख्यमन्त्री अधिकारीविरूद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुद्दा दायर गरेका थिए।

Logo