परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नुपर्‍यो : नेता कोइराला

परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नुपर्‍यो : नेता कोइराला

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको परिवर्तन नेपाली कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताएका छन्।

बुधबार लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औँ सभालाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरू पटकपटक सरकारमा गएपनि देश र जनताका लागि केही गर्न नसकेको भन्दै कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताएका हुन्।

उनले भने,‘संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरू पटक-पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन्। जब दोस्रो संविधान सभाबाट कांग्रेस नेतृत्वमा सरकार बन्यो अनि संविधान जारी भयो। परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नुपर्‍यो।’

नेता कोइरालाले कति सधैँ सकार गठन र विघटनमा मात्रै लागि रहने, जनताको काम कहिले गर्ने भन्दै प्रश्नसमेत गरेका छन्।

Logo