इलाम-२ मा सुहाङग जिताउन एमाले र माओवादी केन्द्रको प्रदेशस्तरिय आह्वान

इलाम-२ मा सुहाङग जिताउन एमाले र माओवादी केन्द्रको प्रदेशस्तरिय आह्वान

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । अगामी बैशाख १५ गते इलाम-२मा हुन लागेको उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेद्‍वार रहेका सुहाङग नेम्वाङ्गलाई विजयी गराउन एमाले र माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय संयुक्त बैठक बसेको छ।

बुधबार बसेको संयुक्त बैठकले केन्द्रमा भएको सहमतिलाई नयाँ चिराबाट अगाडि बढाउदै जनतामा बढ्दै गएको निरासालाई चिर्न अहिलेको उपनिर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास लिएको जारी गरिएको संयु्क्त विज्ञप्तिमा भनिएको छ।

जारी गरिएको विज्ञप्तिमा निर्वाचन जित्नका लागि बनाइएका निर्णयहरूमा लेखिएको छ, ‘संयुक्त बैठकले उपनिर्वाचनमार्फत वामपन्थी शक्ति बीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने, आजको नेपाली राजनीतिको राजनीतिक वैचारिक कामको योजनावद्ध कार्यान्वयनको आवश्यक्ता र स्थानीय मनोविज्ञानमा आधारित रहँदै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीयस्तरमा क्रियाशिल नेता कार्यकर्ताको मनोविज्ञानमा आधारित रहदैँ उहाँहरूको मनोबल उठाउन र पार्टी पंक्तीमार्फत शक्ति संचय गर्न समूह बनाई लाग्ने, निर्वाचन क्षेत्रसँग तोकिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षि गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत सूर्य चिन्ह ध्वजावाहक उमेदवार सुहाग नेम्वाङ्गको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्ने।’

Logo