संगठनको मर्यादालाई कायम राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

संगठनको मर्यादालाई कायम राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्।

उनले बुधबार मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याहरूको पहिचान भएको भन्दै अब उपलब्ध साधनश्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिएका हुन्।

सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए। गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए।

गोष्ठीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने प्रदेश सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए। गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Logo