एमाले अध्यक्ष ओलीसँगै मन्त्रीद्धय महासेठ र उप्रेती ओलाङचुङगोला जाँदै

एमाले अध्यक्ष ओलीसँगै मन्त्रीद्धय महासेठ र उप्रेती ओलाङचुङगोला जाँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज(बिहीबार) ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन्। अध्यक्ष ओलीसँगै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीपनि ओलाङचुङगोला जान लागेका हुन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू त्यहाँ जान लागेको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदैछु। ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ। यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो। ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन। यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन्। त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु।’

अध्यक्ष ओलीले त्यहाँका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

Logo