वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन काम गरिरहेका छाैँ: मन्त्री सुडी

वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन काम गरिरहेका छाैँ: मन्त्री सुडी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘वनस्पति विभागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन रहेको छ,’उनले भने

उनले वनस्पति विभिागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए। तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको उनले बताएका हुन्।

जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्धनमा निरन्तरता दिनुपर्ने उनले बताए। उनले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको बताए। उनले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको बताए ।

Logo