जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ: नेता महर

जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ: नेता महर

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसकेको र उनीहरू आफैँ परास्त भएर जाने आरोप लगाएका छन्।

बिहीबार काठमाडौंको महाराजगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसकेको र उनीहरू आफैँ परास्त भएर जाने आरोप लगाएका हुन्।

यस्तै, उनले जनताले लडेर लोकतन्त्र स्थापना गरेको र लोकतन्त्रलाई बलियो पार्न आउँदो उपनिर्वाचनमा कांग्रेसको पक्षमा उभिनुपर्ने बताउँदै भने, ‘जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौँ। लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ।’

Logo