आफ्ना उम्मेद्‍वार जिताउन फिल्डमै खटिए महामन्त्री थापा

आफ्ना उम्मेद्‍वार जिताउन फिल्डमै खटिए महामन्त्री थापा

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आफ्ना उम्मेद्‍वार जिताउन कांग्रेस महामन्त्री गगन थापा यतिबेला इलाम पुगेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले यस अगाडि नै इलाम-२ को उपनिर्वाचनका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर इलाम पठाइसकेका छन्। महामन्त्री थापापनि आज(बिहीबार) इलाम पुगेका हुन्।

इलाम-२ मा कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ। खड्का गत निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेद‍्वार हुन्। उनी तत्कालिन एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजीत भएका थिए। उनको र नेम्वाङ मतान्तर जम्मा १ सय ४४ मात्रै थियो।

अहिले एमालेबाट उनै स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङ खड्काका प्रतिस्पर्धी रहेका छन्। सुहाङलाई अहिलेका सत्ता गठबन्धनका दलहरूको समर्थन रहेको छ।

इलाममा कांग्रेस, एमालेमात्रै नभइ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार (पहिचानवादी) डकेन्द्रसिंह थेगिम लिम्बूको पनि उम्मेद्‍वारी रहेको छ।

Logo