महामन्त्री थापाको खुलासा: संविधान निर्माणका बेला एमालेले माओवादीलाई ठेगान लगाऔं भनेको थियो

महामन्त्री थापाको खुलासा: संविधान निर्माणका बेला एमालेले माओवादीलाई ठेगान लगाऔं भनेको थियो

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान निर्माणको प्रकियामा नेकपा(एमाले)ले नेपाली कांग्रेसलाई अहिलेको नेकपा (मा‌ओवादी केन्द्र)लाई ठेगान लगाउनका लागि आग्रह गरेको कुरा खुलासा गरेका छन्।

बिहीबार बैशाख १५ गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न इलाम पुगेका महामन्त्री थापाले क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संविधान निर्माणका क्रममा एमालेले कांग्रेसलाई माओवादी केन्द्रलाई ठेगान लगाउनका लागि आग्रह गरेको कुरा खुलासा गरेका छन्।

‘संविधानसभापछि दुईतिहाइ बहुमत थियो कांग्रेसको। तर कांग्रेसले कहिले पनि उत्तेजक कुरा गरेन। अहिलेको संविधान बनाउने क्रममा माओवादी साथीहरूले उपद्रव गरेका थिए। त्यो बेलामा एमालेले माओवादीलाई ठेगान लगाऊँ भनेको थियो। तर कांग्रेसले देशलाई सम्हालेर अगाडि बढायो,’ उनले भने।

यस्तै, उनले उत्तेजना र भडकावको राजनीति गर्नेले एकछिन जुरुक्क उचाल्न सक्ने तर अहिले उचाल्ने नभइ सम्हाल्ने पार्टी चाहिएको बताए। उनले भने, ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ।’

Logo