केन्द्रमा भएको सहकार्य अनुसार सुदूरपश्चिमको राजनीति अघि बढ्छ: उपमहासचिव ज्ञवालीले

केन्द्रमा भएको सहकार्य अनुसार सुदूरपश्चिमको राजनीति अघि बढ्छ: उपमहासचिव ज्ञवालीले

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रमा बनेको सत्ता समिकरणअनुसार नै सुदूरपश्चिमको राजनीतिपनि अगाडि बढ्ने बताएका छन्।

आइतबार पार्टी सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले केन्द्रमा बनेको सत्ता समिकरणअनुसार नै सुदूरपश्चिमको राजनीतिपनि अगाडि बढ्ने बताएका हुन्।

उनले भने,‘केन्द्रमा जुन सत्ता सहकार्य भएको छ। त्यही सत्ता सहकार्य अनुरूपकै सरकार बन्छ। मुख्यमन्त्री त्यसैगरी आउनुहुन्छ। एकीकृत समाजवादीको दलको नेताले यहाँको सहमतिविपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक सञ्चार माध्यममा आएको छ। जुन सहकार्य केन्द्रमा छ, त्यही कोर्स अनुसार नै सुदूरपश्चिमको राजनीति अघि बढ्छ भन्ने विश्वास छ।’

Logo