‘दिपेन्द्रले बाबुलाई मार्न गोली चलाए, त्यसपछिको घटना अरुले ‘टेकओभर’ गर्यो’

‘दिपेन्द्रले बाबुलाई मार्न गोली चलाए, त्यसपछिको घटना अरुले ‘टेकओभर’ गर्यो’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो। उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन। दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाईन्छ।

उक्त घटनालाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरको अन्तरक्रिया कार्यक्रमा प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए। ज्ञानेन्द्रमाथि आशंका गरिएपनि घटनाबाट बचेका गोरख शमशेरले यसमा दिपेन्द्रकै हात रहेको बताइसकेको उनले सुनाए।

तत्कालीन समयमा दरबारको सुरक्षामा खटिएका सेना, प्रहरी, त्यसैगरी शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले समेत उक्त घटना दिपेन्द्रले गराएको भनेर बयान दिएको उनको दाबी छ। सो घटनामा आफूले भने अलि फरक धारणा राख्दै आएको उनले सुनाए। आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए। उनले विरेन्द्रलाई हान्नेसम्म चाही दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे।

दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको उनले बताए। दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ। दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको अनुमान छ।

संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए। विरेन्द्रको वंश नाशपछि राजा बनेका ज्ञानेन्द्रले पालेहुर्काएकाहरुले बाट नै राजासंस्थामा खतरा आएको बताए। उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको नाम लिए।

अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा केसीको भनाइ छ। उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे।

Logo