स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन् ।

इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् ।

बुधबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीति अनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताए ।

त्यस्तै, आगामी अक्टोवरमा कतारमा आयोजना हुने एसिया सहयोग संवादको शिखर सम्मेलनको तयारी र यस संगठनको सचिवालयको सुदृढिकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्ने लगायतका विषयमा छलफल बैठकमा छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘एसियाली मुलुकहरुवीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रिय अन्तर आवद्धता (च्भनष्यलब िऋयललभअतष्खष्तथ) अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्ने लगायतका विषयहरू सो घोषणापत्रमा समेटिएको छ ।’

त्यसैगरी, मन्त्रीस्तरीय बैठकमा गाजा क्षेत्रमा उत्पन्न मानवीय संकटप्रति गहिरो चासो व्यक्त गर्दै गैरकानूनी रुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशिघ्र र बिनाशर्त रिहाई गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्धारलाई बढावा दिन र विवादको दिगो र शान्तिपूर्ण समाधानका लागि पहल गर्न समेत उक्त घोषणापत्रमा अपिल गरिएको समेत श्रेष्ठले जानकारी दिए ।

Logo