यस्तो हुनेछ एकीकृत समाजवादीको सचिवालय

यस्तो हुनेछ एकीकृत समाजवादीको सचिवालय

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।

बिहीवार बसेको सचिवालय बैठकले पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने निर्णय गरेको हो।

त्यस्तै, उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।

Logo