‘१२ गाउँ’को फर्स्टलुकमा विराजका छोरा समीर देखिए एक्सन अवतारमा

‘१२ गाउँ’को फर्स्टलुकमा विराजका छोरा समीर देखिए एक्सन अवतारमा

केन्द्रबिन्दु
15
Shares

अभिनेता विराज भट्टको छोरा समीर अभिनित एक्सन थ्रिलर फिल्म ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएकाे छ ।

पोस्टरमा विराजका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन्। आगामी दसैंंलाई रिलिज मिति तोकिएको यो फिल्मबाट समीरले डेब्यु गर्दैछन्। उनले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका थिए। याे फिल्म विराजकै निर्देशनमा बनिरहेकाे हाे ।

फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। फिल्ममा विराज र समीरसहित न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

Skip This
Skip This
Logo