प्रधानमन्त्री प्रचण्डलक्षित बाबुरामकाे टिप्पणी- सधैँभरी ठग्न सकिन्न

प्रधानमन्त्री प्रचण्डलक्षित बाबुरामकाे टिप्पणी- सधैँभरी ठग्न सकिन्न

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा.भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।

Skip This
Logo