वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु: प्रधानमन्त्री

वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु: प्रधानमन्त्री

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताएका छन् ।

आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए ।

उनले भने, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनुभएको छ । राजनीतिलाई पनि झन धेरै उचाईमा पुर्याउनुभएको छ उँहाले । तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन् ।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ ।

त्यस्तै उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका  लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए ।

Logo