माओवादी पदाधिकारी बैठक सुरु

माओवादी पदाधिकारी बैठक सुरु

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यायल पेरिसडाँडामा शुक्रबारदेखि जारी तेस्रो दिनको बैठकमा आज वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको छ ।

अहिले प्रतिपक्षमा पुगेको माओवादीले गम्भीर समीक्षा गरी आगामी कार्ययोजना बनाउन लागेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धमा बैठकलाई ब्रिफ्रिङ गरेका थिए । शनिबारसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राखेका थिए ।

Logo