रास्वपाविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

रास्वपाविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन् । आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै ढकालले निवेदन दिएका हुन् ।

पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा उनलाई पदबाट हटाएको थियो । तर पार्टीको त्यो निर्णय अवैधानिक भएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको ढकालले निवदेनमा उल्लेख गरेका छन् ।

Logo