बागमतीका मुख्यमन्त्रीले साउन १५ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले साउन १५ मा विश्वासको मत लिने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।

साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

Logo