स्वास्थ्यले साथ दिएसम्म ओलीले बालुवाटारमा पार्टीको बैठक नराख्ने

स्वास्थ्यले साथ दिएसम्म ओलीले बालुवाटारमा पार्टीको बैठक नराख्ने

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टेटस् लेख्दै ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका हुन् ।

उनले लेखेका छन्– सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

Logo