नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ आज

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ आज

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज साँझ ५ बजे हुने भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखले शपथ लिनेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।

Logo