टीआरसी विधेयकमा दलहरूबीच सबै विषयमा जुट्यो सहमति

टीआरसी विधेयकमा दलहरूबीच सबै विषयमा जुट्यो सहमति

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा दलहरूबीच सहमति जुटेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार बिहीबार बसेको टीआरसी कार्यदलको बैठकमा अब विधेयकको प्रक्रिया अघि बढ्ने गरी सहमति जुटेको हो ।

टीआरसीमा मिल्न बाँकी सबै विषयमा दलहरूबीच सहमति भएको बताउँदै मन्त्री लेखकले मेलमिलापका सन्दर्भमा पीडितको सहमति हुने कुरा गरेको बताए । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकार उल्लङ्घनको मुद्दा चल्न सक्ने र फौजदारी मुद्दा भएकोमा पीडितलाई त्यसको अधिकार दिने भन्ने कुरा, द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जो मृत्यु भएका परिवारलाई पीडितसरह क्षतिपूर्ति दिने कुरा गरेका छौँ’, गृहमन्त्री लेखकले भने ।

यस्तै बहिगर्मिन लडाकूहरूलाई र द्वन्द्व प्रभावितका रूपमा परिपूरण दिने सहमति पनि भएको छ । ‘हत्याको विषयलाई नियतपूर्वक वा स्वेच्छाचारी ढङ्गबाट गरिएको हत्या’ भनेका छौँ । अब कानुन मन्त्रालयले प्रतिवेदन बनाउँछ र शीर्ष नेताले सम्बोधन गर्नुहुन्छ’ गृहमन्त्री लेखकले भने ।

Logo