एमाले सचिवालय बैठक बसेरामा, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक बसेरामा, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सिंहदरबार अगाडिको हनुमानस्थानस्थित बसेरा बुटिक होटेलमा बस्दै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै नेता होटल बसेरा बुटिक होटलमा सुरु हुँदै एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा बुटिकमा पुगिसकेका छन् ।

आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने र आजको बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए ।

सचिवालय बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बुझिएको छ । एमालेले राजकीय जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीमा जिम्मेवारी नदिने र नेताहरूलाई दोहोरो जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

स्रोतका अनुसार आजको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने छ । सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याल र छविलाल विश्वकर्र्मा सहभागी रहेका छन् ।

Logo