रास्वपाको ‘क्लोज क्याम्प’ सुरु

रास्वपाको ‘क्लोज क्याम्प’ सुरु

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय वनस्थलीमा दुई दिने बन्द कार्यशाला ‘क्लोज क्याम्प’ आयोजना गरेको छ । शुक्रबार बिहानदेखि सुरु भएको कार्यशाला शनिबारसम्म चल्ने छ ।

कार्यशालाले पार्टीको रणनीतिक तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।

पार्टीको साउन १० गतेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यशालामा विचार, संगठन, मूल्य(मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुनेछ ।

Logo