दैनिक १८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छुः मन्त्री पाण्डे

दैनिक १८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छुः मन्त्री पाण्डे

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे ।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी, नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठापूर्वक काम गर्न प्रतिवद्व रहेको बताए ।

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए । पर्यटन व्यवसायी आफैँमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोडसहितको सुझाव दिन समेत आग्रह गरे ।

Logo