मन्त्रिपरिषद्लाई पूर्णता, थपिए तीन राज्यमन्त्री

मन्त्रिपरिषद्लाई पूर्णता, थपिए तीन राज्यमन्त्री

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रूपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्रीमा नियुक्त गरिएसँगै गत असार ३१ गते गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

Logo