असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ: भट्टराई

असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ: भट्टराई

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असिमित ज्ञान र विचारहूलाई एक ठाउँमा जोड्न सके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन् । यसका लागि असिमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि बताइन् ।

शुक्रबार काठमाडौँमा आयोजित किताब जात्राको छैटौँ संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने धारणा राख्दै यस्तो अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व रहेको बताइन् ।

उनले भनिन्,‘सिमित ज्ञानले मानिसको सोचाइलाई सीमित बनाउँछ । जति असिमित ज्ञान र विचारहरूलाई एक ठाउँमा जोड्न सक्छाँै, त्यसले हरेक मानिसको जीवनलाई फराकिलो बनाउँछ । यस्ता अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व हो । एउटा व्यक्तिले आफ्नो ज्ञानलाई फराकिलो बनाउँछु भन्दा राज्य र सरकारले त्यो उपलब्ध गराउनुपर्ने दायित्व हो । त्यसमा लाग्ने प्रतिवद्धता पनि जनाउँछु । ’

उनले केही कमाइँदै कमाइँदैन भने किन पढ्ने ? भन्ने भाष्य निर्माण भइरहेको भन्दै स्थापित मान्यतालाई नयाँ ढंगले परिस्कृत गर्न किताब जात्रा कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

Logo