एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा केन्द्रित छन्ः मन्त्री भण्डारी

एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा केन्द्रित छन्ः मन्त्री भण्डारी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसावले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताएका हुन् ।

उनले भने, ‘यतिबेला राष्ट्रिय रूपमै सहकारीभित्र एक खालका प्रश्नहरू छन्, जे खालका समस्याहरू छन् ती समस्याहरूलाई सरकारले सम्बोधन गर्नुपर्नेछ । नेपालको जनसंख्याको एक तिहाइ सहकारी आन्दोलनसँग प्रत्यक्ष रूपमा सहभागी हुनुहुन्छ । राज्यले, संविधानले सहकारी क्षेत्रलाई, सहकारी आन्दोलनलाई अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्साका रूपमा, महत्त्वपूर्ण क्षेत्रको रूपमा परिभाषित गरेको छ । यसलाई तीन खम्बे अर्थनीतिभित्र एउटा विशेष खालको राज्यले परिभाषित गरेको छ ।’

साथै उनले आमजनता र व्यवसायीहरूले आफ्नो गाँस काटेर सहकारीमा जम्मा गरेको पैसाको मात्र हिस्सा खोजेको बताए । उनले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो भनेर जम्मा गरेको पूँजी उत्पादन क्षेत्रमा नलागेको दाबी गरे ।

उनले भने, ‘आमजनताले, व्यवसायीहरूले खासगरी आधारभूत तहका जनताहरूले गाँस काटेर आफ्नो बचतलाई सहकारीमा आफ्नो हिस्सा खोज्नुभएको थियो । उहाँहरूले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो, सहकारीमार्फत उत्पादनसँग, उद्योगसँग, व्यवसायसँग यसको आकारलाई विस्तार गर्न सकिन्छ । सिंगो सहकारीको आकारलाई व्यवस्थित गर्न सकिन्छ भन्ने विश्वासका साथमा सहकारीलाई त्यो अर्थमा लिइएको छ । तर पछिल्लो पटक सहकारी क्षेत्रको पूँजी जुन रूपमा उत्पादन क्षेत्रमा लागनुपर्ने हो । उद्यमशिलतामा पूँजीलाई केन्द्रित गर्नुपर्ने हो त्यो हुन सकेन ।’

Logo