‘मनरो डक्ट्रिन’ बारे बाबुरामले स्वर्णिमलाई भनेः बेलैमा भूल सच्याउनुस्

‘मनरो डक्ट्रिन’ बारे बाबुरामले स्वर्णिमलाई भनेः बेलैमा भूल सच्याउनुस्

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन भनेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै वाग्लेलाई आफ्नो भूल सच्याउन सुझाएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देशक्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बीचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो । स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला ।’

Logo