एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेकपा एमालेका १७ जना मनोनित केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य, गोविन्द पुन, केदार सिग्देल, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना र मनमोहन पौडेललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

यसैगरी एमालेले इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, भरदेव जोशी, हरि उप्रेती, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

Logo