एमालेमा कुनै पनि गुटबन्दी स्वीकार्य छैनः ओली

एमालेमा कुनै पनि गुटबन्दी स्वीकार्य छैनः ओली

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै पनि गुटबन्दी स्वीकार्य नभएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने क्रममा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो, हाम्रो पार्टीमा त्यस्तै भयो ।’, ओलीले भने । ‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन । कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने ।

Logo