सोविता गौतमले भनिन्ः नसामा लठ्ठ युवाले मलाई घेरे

सोविता गौतमले भनिन्ः नसामा लठ्ठ युवाले मलाई घेरे

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूमाथि दुर्व्यहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् ।

सोमबार प्रतिनिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरूको समूहले आफूमाथि दुर्व्यहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

‘म बाढीपहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिए । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरू जम्मा हुनुभएको रहेछ । ती युवाहरू नसामा लठ्ठ हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘एकाएक मलाई घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रूपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुर्व्यहार गर्ने शैलीले उहाँहरू उत्रिनुभएको थियो ।’

Logo