शहरलाई बस्नयोग्य बनाउन धेरै काम गर्न बाँकी छः उपप्रधानमन्त्री सिंह

शहरलाई बस्नयोग्य बनाउन धेरै काम गर्न बाँकी छः उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताए ।

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसद्को सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरूलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भने ,‘संसद्मा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्‍यो भन्ने यसको राजनीतिक सन्देश हो ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उनको भनाइ थियो ।

देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या, फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यक्ता अनुसार समायसापेक्ष बनाउने पनि बताए ।

Logo