‘बिजनेसविहीन भयो संसद्, विधेयकहरू चाँडो टुंगो लगाउनुपर्छ’

‘बिजनेसविहीन भयो संसद्, विधेयकहरू चाँडो टुंगो लगाउनुपर्छ’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याउनुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद्अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले भने, अहिले संसद् बिजनेसविहीन भएको छ । भोलि नै केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायनसम्बन्धी विधेयकमा छलफल गरौं । अहिले मन्त्रालयमा गएपछि अन्य मन्त्रीज्यूहरुसँग पनि छलफल गरिरहेका छौं । सबैसँग छलफल गरेर केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याउन सक्यो भने सजिलो हुन्थ्यो भन्ने मेरो धारणा छ ।’

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकमा आज केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक र बिधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।
छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले कानून कार्यान्वयनकोख विषयमा जनतामा अन्यौलता र समस्या भइरहेको भन्दै अब आउने कानूनहरुमा गहन छलफल आवश्यक रहेको बताए ।

‘‘कानून कार्यान्वयनको विषयमा हुँदै नभएका विषयमा इन्टेन्सन जोडिदा नागरिकले केही असहजताहरु भोगिरहेका छन् । नागरिकलाई दुःख दिने गरी र अन्यौलता हुने खालका कानूनमा रह्यो भने समस्या हुने हुँदा सरकारले ल्याएको यो विधेयकमा छलफल गरेर अघि बढ्न आवश्यक छ,’ उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सन्तोष परियारले कानून कसले बनाउने हो भन्ने विषयमै सांसदहरुमा अलमल रहेको उल्लेख गर्दै कानून समितिले नै बनाउने विषयमा स्पष्ट गर्नुपर्ने बताए ।

Logo