टीआरसी विधेयकको प्रतिवेदन बुझाउने तयारी

टीआरसी विधेयकको प्रतिवेदन बुझाउने तयारी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा बारे तयार पारिएको प्रतिवेदन आज बुझाउने तयारी भएको छ । विधेयकमा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइने भएको हो ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बुझाउने तय भएको छ ।

आज बिहान ११ बजे तीन दलका शीर्ष नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने कार्यक्रम छ । विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

Logo