कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकबाट पारित नीति, सांग्ठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

Logo