टीआरसी विधेयकको प्रतिवेदन तीन दलका शीर्ष नेतालाई बुझाइयो

टीआरसी विधेयकको प्रतिवेदन तीन दलका शीर्ष नेतालाई बुझाइयो

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाएर तयार पारेको प्रतिवेदन तीन दलका शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलका सदस्यहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहमतिको लिखित प्रतिवेदन बुझाएको हो ।

उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

Logo