सबै दलहरू मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक

सबै दलहरू मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सबै दलहरू मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।

आज टीआरसी विधेयकमा सहजीकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले एउटा ठूलो उपलब्धी सबै दलहरू मिलेर प्राप्त गरेका छँैँ भन्ने हामीलाई लागेको छ, किनभने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्‍यौँ । सशस्त्र द्वन्द्व शान्तिमा रूपान्तरण भइसकेपछि मुलुकले धेरै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’

साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे । उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए ।

Logo