राजीव पहारी बने युवा संघको इन्चार्ज, महेश बस्नेतलाई भक्तपुर इन्चार्जको जिम्मेवारी

राजीव पहारी बने युवा संघको इन्चार्ज, महेश बस्नेतलाई भक्तपुर इन्चार्जको जिम्मेवारी

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेकपा एमालेले राजीव पहारीलाई राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज बनाएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्य तथा युवा संघका पूर्वअध्यक्ष पहारीलाई पार्टीको भातृ संगठन ‘युवा संघ’लाई कमाण्ड गर्ने गरी जिम्मेवारी तोकेको हो ।

संघले पार्टीको अन्य जिम्मेवारीमा चयन भएका यसअघि युवा संघको इन्चार्ज रहेका महेश बस्नेतको बिदाइ गरेको छ । पार्टीको जारी सर्कुलर अनुरूप संगठनको इन्चार्जमा पहारीलाई जिम्मेवारी दिएसँगै नेता बस्नेतलाई बिदाइ गरिएको हो । नेता बस्नेतलाई पार्टीले भक्तपुर इन्चार्जको जिम्मेवारी दिएको छ । युवा संघको केन्द्रीय कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा नयाँ इन्चार्जलाई स्वागत साथै निवर्तमान इन्चार्जलाई बिदाइ गरिएको संगठनका अध्यक्ष क्षितिज थेवेले बताए ।

लामो समयदेखि इन्चार्जको जिम्मेवारीमा रहेका बस्नेतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संगठनलाई गतिशील र प्रगतिशील बनाएको भन्दै अध्यक्ष थेवेले कृतज्ञता व्यक्त गरे । नेता बस्नेतले युवा संघ सदैव रचनात्मक तथा सिर्जनात्मक ढंगबाट अघि बढ्नेमा विश्वास व्यक्त गरे । युवा संघले गरेको एक महिने वृक्षरोपण, एक महिने रक्तदान अभियान, विपत्तिको समयमा गरेको सहयोग र राहत वितरण कार्यक्रम लगायत देशभरी निरन्तर सञ्चालित अभियानप्रति बस्नेतले धन्यवाद ज्ञापन गरेका छन् ।

Logo