वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछः मन्त्री शाही

वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछः मन्त्री शाही

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरू सबै सरकार र वन मन्त्रालयले समाधान गर्ने बताएका छन् । शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ । वन डढेलोको चुनौती बढ्दै गइरहेको छ । मानव र वन्यजन्तुबीच द्वन्द्वहरू बढ्दै गइरहेको छ । त्यसैले द्वन्द्व साथै चुनौतीहरूलाई क्रमश सरकार र वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै बनाएर समाधान गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ ।’

यस्तै उनले स्थानीय समूदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए । उनले नेपालले वन क्षेत्र मात्रै नभई अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गरे ।

Logo