बंगलादेशका हिन्दूमाथि भइरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग

बंगलादेशका हिन्दूमाथि भइरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । बंगलादेशका हिन्दूमाथि भइरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालले माग गरेको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरूमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो । धार्मिक आस्थाका आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’

Logo