टीआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

टीआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन् । आज ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन् ।

उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरे पनि साधारण व्यक्तिलाई गरे पनि रेप भनेको रेप नै हो । अरू अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्काध अपराधहरू छन्, कोही राज्य विरुद्काध अपराध छन् । तर बलात्कार भनेको त मानवता विरुद्कोध अपराध हो । यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’

साथै उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए । यस्तै गृहमन्त्रीले कानुन जस्तोसुकै भए पनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए । उनले पीडकको पीडा पीडितले मात्र बुझ्ने दाबी गरे ।

Logo