मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यकः प्रधानमन्त्री ओली

मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यकः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निःस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापना समारोहमा उनले अरुलाई देखाउनका लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होइन । परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ । तपाईहरूले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईँहरूको साथमा छु । अर्थात्, अहिलेको सरकार लायन्सहरूको साथमा छ ।’

उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए । उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ ।’

यसको साथै, देश राम्रो छ तर मानव र समाज नै विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाइ छ । उनले भने, ‘नेपाल बिग्रिएको छ, हाम्रै कारणले हो । प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा । यत्ति राम्रो देश संसारमा पाइँदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश । बिग्रिएको नेपाली समाज हो । मान्छे मार्नका लागि आज मान्छेले हतियार बनाएको छ । अनेकौँ पटक पृथ्वी ध्वस्त हुने गरी हतियार बनाउन विश्व आज प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले आज मानवताको आवश्यकता छ । आउँदा दिनमा मानवता र धर्तीको रक्षाको सुनिश्चितता हुनुपर्दछ ।’

Logo