जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा सुरु हुने बैठक आगामी साउन ३० गतेसम्म चल्ने छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने छ ।

वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर र नगरलगायत स्थानीय तहहरूको अभियन्ताका रूपमा जिम्मेवारी दिइने जनाइएको छ ।

Logo